२०८२ असार २ सोमबार

राशिफल

शनिबार १,८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौं – शनिबार १,८७५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ (६,८५८ पीसीआर र ३,२०८ एन्टीजेन) नमुना परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

शनिबारको संक्रमण दर १८.६२ प्रतिशत छ ।

शनिबार २,१६४ जना संक्रमणमुक्त भएका छन् । थप २१ जनाको मृत्यु भएको छ ।