२०८२ असार ३ मङ्गलबार

राशिफल

पहिरोमा पुरिएर एकजनाको मृत्यु एकजना गम्भीर घाइते

काठमाडौँ – सडकमा फसेको ट्याक्टरलाई निकाल्ने क्रममा पहिरोमा पुरिएर पाल्पामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

तिनाउ गाउँपालिका– ६ डुम्रेस्थित भित्री कच्ची सडकमा फसेको ट्याक्टर निकाल्ने क्रममा पहिरो खस्दा ट्याक्टरमा सहयोगीको काम गर्दै आएका बर्दिया बार बर्दिया ठाकुरबाबा नगरपालिका २ अस्मेरीका २७ वर्षीय मुमलाल पुनको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्रबको ट्याक्टर हिलोमा फसेको थियो । ट्रयाक्टर फसेपछि लु १ क २४९६ र लु १ क २४९७ नम्वर को जेसिबीले ट्याक्टर निकाल्ने क्रममा अचनाक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा लु १ क २४९६ नम्रबको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् ।