काठमाडौँ – पूर्वी चितवनमा तेलको ट्याङकरले ठक्कर दिदा एक युवतीको ज्यान गएको छ । खैरहनी १० कि २३ वर्षीया सृजना चौधरीको उपचारका क्रममा ज्यान गएको हो ।
पूर्वपश्चिम राजमार्गको खैरहनी – ८ पर्सा चोकमा साँझ ५ः५५ बजे ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । ना ८ ख ३०२४ को तेल ट्याङ्करले ना ४४ प ५१२२ को मोटरसाइकलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको पछाडी सवार सृजना गम्भीर घाइते बनेकी थिइन् । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ६ः४५ बजे उनको ज्यान गएको हो । मोटरसाइल चालक रत्ननगर – ३ का सुवास चौधरी सामान्य घाईते छन् । सवारी साधन र चालक नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ।
तपाइँको प्रतिक्रीया