२०८२ जेठ २१ मङ्गलबार

राशिफल

पल्पसा डङ्गोलको दुवै मिर्गौला फेल, टिचिङ अस्पतालमा उपचार हुँदै

काठमाडौँ – हाँस्य कलाकार पल्पसा डङ्गोल उर्फ चम्सुरी अस्पतालमा भर्ना भएकीछिन् । मिर्गौलामा समस्या आएपछि टिचिङ अस्पतालमा उनको उपचार भइरहेको छ । चम्सुरीको दुवै मिर्गौला फेल भएको छ ।

विगत ५ वर्ष देखी मिर्गौला रोग बाट ग्रसित उनको डायलसिस गर्ने क्रममा रगत नआएपछि आत्तिएकी उनलाई कलाकार तथा निर्देशक दिपाश्री निरौला भेट्न गएकी थिइन् । यसपछि, भने उनी अस्वस्थ रहेको खबर बाहिरिएको हो । बुझिए अनुसार उनको मिर्गौला तत्काल ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको छ ।

मिर्गौला ट्रान्सप्लान्ट गर्नका लागी ५० लाख भन्दा बढी खर्च लाग्ने निर्देशक निरौलाले बताएकी छन् । साथै, आफूहरूले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेको उनको भनाइ छ ।