२०८२ असार २ सोमबार

राशिफल

न्युरो टिप्न गएका व्यक्तिलाई गैडाले आक्रमण गर्दा ज्यान गयो

काठमाडौँ – पूर्वी चितवनमा एक जना पुरुषको ज्यान गएको छ । रत्ननगर – ११ स्थित पञ्चकन्या सामुदायिक वनमा न्युरो टिप्न गएका शितल टोलका ७५ वर्षिय रोहिका कुमालको ज्यान गएको हो ।

उनलाई दिउँसो पौने ३ बजेतिर गैडाले आक्रमण गरेको थियो । गम्भीर घाइते पुरुषको उपचारका क्रममा ज्यान गएको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए । भरतपुर अस्पतालमा दिउसो पौने ४ बजेतिर ज्यान गएको हो ।