काठमाडौँ – रौतहटबाट सिक्सर पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मौलापुर नगरपालिका – ५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा बिआर ०५ एपी ४०१६ नम्बरको मोटरसाइकल चालक २४ वर्षीय देवेन्द्र यादव लगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट पेस्तोल बरामत गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया