२०८२ असार ३ मङ्गलबार

राशिफल

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ – मोटरसाइकलको ठक्करबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३, बसामाडी लेवटमा एकजनाको मृत्यु भएको छ ।

आइतबार राति हेटौँडा बजारबाट नेवारपानीतर्फ जाँदै गरेको ना२२प ६७७८ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गर्दा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चुरेहिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको र सनाखत हुन भने बाँकी रहेको छ । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।