काठमाडौँ – बौद्धमा पाँचजना जुवाडेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
काठमाडौं महानरगपालिका – ६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर भएका ३५ वर्षीया तारा थापा लगायत पाँचजनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया