२०८२ असार ३ मङ्गलबार

राशिफल

श्रीमतीको हत्या गरी फरार श्रीमान प्रकाउ

काठमाडौँ – श्रीमतीको हत्या गरी पाँच दिन देखि फरार अभियुक्तलाई प्रहरीले प्रकाउ गरेको छ ।

गौरादह नगरपालिका–१का उनलाई सोमबार बिहान मोरङको रङगेली नगरपालिका– ९ स्थित सखुवाथानमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले गत असार ३१ गते राति ३४ वर्षीया श्रीमती सङ्गीता टुटुलाई खेत नजिकै रहेको टहरामा लगि निर्मतापूर्वक कुटपिट गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्या गरी फरार रहेका सजिलाललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।