काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानीमा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको उपलब्ध गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएपछि सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएको भोलिपल्ट मोदीले सोमबार टेलिफोन नै गरेका हुन् ।
टेलिफोन कुराकानीमा मोदी र प्रधानमन्त्री देउवाबीच नेपाल भारतबीचको द्विपक्षीय सम्बन्धलाई अझै मजबुत गराउने र र कोरोना महामारीविरुद्ध मिलेर लड्ने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले ट्विटरमार्फत जनाएको छ ।
भारत सरकारले नेपाललाई ११ लाख डोज कोरोना खोप अनुदानमा दिएको छ । नेपालले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटसँग २० लख डोज खोप खरिद गरेको थियो । जसमध्ये ५ लाख डोज मात्र पाएको छ ।
तपाइँको प्रतिक्रीया