२०८२ असार ३ मङ्गलबार

राशिफल

नक्कली फेसबुक आइडीदेखि जापान पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

काठमाडौँ – जापान पठाइदिन्छु भनी रकम ठगी गर्ने ४ जनालाई महानगरीय अपराध महाशाखाले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा उ उपमहानगरपालिका – १२ पदमपोखरी घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलाम सुर्योदय नगरपालिका – ४ अन्तु घर भई हाल नयाँबानेश्वर बस्ने ३३ वर्षीया पुजा राई, सिन्धुपाल्चोकको बाह्विसे नगरपालिका – ९ राम्चे घर भई कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका ७ खरिपाटीकी बासँबारी बस्ने २१ वर्षीय दिपिका केसी रहेका छन् ।

उनीहरुले नक्कली फेसबुक आइडी बनाएर तानाकायोका नामबाट फ्रेन्ड रिक्वेस्ट पठाउने र आफू जापानको ईमिगेरेसनमा काम गर्ने नागरिक बताउँदै पीडितहरु सँग चिनजान गर्ने गरेका थिए । उनीहरुले पीडितहरुलाई कामदर भिषामा जापान पठाइदिने बताएका थिए ।

त्यसबापत भिषा प्रक्रियाको लागि रकम पठाउनुपर्छ भनी प्रलोभनमा पारि विभिन्न बैंक खातामा ३९ लाख ६८ हजार ९९६ रुपैयाँ डिपोजिट गर्न लगाएको थिए ।

ठगी गरेको आरोपमा ४ जनालाई आज महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।