काठमाडौँ – आजदेखि जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आजदेखि खोप लगाउन थालिएको हो ।
५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गर्दै खोप अभियान थलिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जानकारी दिए । सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान भिसा लिइसकेका व्यक्तिलाई समेत खोप उपलब्ध गराइने उल्लेख छ ।
तपाइँको प्रतिक्रीया