२०८२ असार ६ शुक्रबार

राशिफल

पौडी खेल्ने क्रममा दुई वालिका बेपत्ता

काठमाडौँ – नदीमा पौडी खेल्ने क्रममा प्युठानको माडी नदीमा बगेर दुई वालिका बेपत्ता भएका छन् ।

सरुमारानी गाउँपालिका–४ बैके निबासी बोमबहादुर थापा मगरकी ८ वर्षीया छोरी विपना थापा मगर र मान्द्रे निवासी नुम बहादुर थापा मर्साङी मगरकी ७ वर्षीया छोरी सर्मिला थापामगर वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

सोमबार उनीहरू घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएका थिए।