काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुन दशैंसम्मै लम्बिने जनाएको छ ।
यो वर्ष असोजको मध्यसम्म मनसुन लम्बिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । दशैंसम्म यसपटक मनसुन लम्बिने सम्भावना रहेको उनको भनाई छ । यो वर्ष घटस्थापना असोज २१ गते परेको छ ।
यसवर्ष असोज १६ गतेलाई मनसुनको अन्तिम मिति मानिएको थियो तर, मौसमको प्यार्टन बदलिएसँगै मनसुन पनि पछि धकेलिन थालेको हो । विभागले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने घोषणा पहिल्यै गरिसकेको थियो ।
तपाइँको प्रतिक्रीया