२०८२ जेठ २१ मङ्गलबार

राशिफल

इराकमा बम विस्फोट, २८ जनाको मृत्यु

इराकमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । इराकको राजधानी बग्दादको पूर्वी भागमा यहाँ गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल – अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुको साथै अन्य ६६ जना घाइते भएका छन् ।

इराकका प्रधानमन्त्री मुस्ताफा अल काद्हिमी सुरक्षा र गुप्तचर निकायका अधिकारीहरुसँग यस भीषण आक्रमणको विषयमा छलफल सुरु गरेको सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जारी विज्ञप्तिमा काद्हिमी आक्रमणका पीडित परिवारलाई सहयोग गर्ने र आतंककारीहरूको खोजी गर्ने वाचा गरिएको छ ।