काठमाडौँ – मंगलबार ३,१०८ जना कोराना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ (८,८३६ पीसीआर र ४,२९९ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।
आज थपिएको संक्रमित संख्या ४० दिन यताकै उच्च हो । आजको संक्रमण दर २३.६६ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ । १,५९५ जना निको भएका छन् ।
तपाइँको प्रतिक्रीया