२०८२ असार ६ शुक्रबार

राशिफल

उपत्यकामा मात्रै ७१९ जनामा कोरोना पुष्टि

काठमाडौँ – मंगलबार उपत्यकामा ७१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जना संक्रमित थपिएका छन् ।

मंगलबारसम्म काठमाडौं उपत्यकामा ७ हजार २४१ सक्रिय संक्रमित छन् । काठमाडौंमा ५५३७, भक्तपुरमा ८२९ जना र ललितपुरमा ८७५ जना सक्रिय संक्रमित छन्। यस्तै, देशभर ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्।