काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाटै दिल्लीमा उपचाररत नेता खनाललाई टेलिफोन गरी प्रधानमन्त्री देउवाले उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराएका हुन् ।
मृगौला सम्बन्धी समस्या देखिएपछि खनाल नयाँदिल्लीमा उपचार गराइरहेका छन् ।
तपाइँको प्रतिक्रीया