२०८२ असार ३ मङ्गलबार

राशिफल

भेरोसेल खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाँदै

काठमाडौँ – नेपाल वायुसेवा निगमको जहाज कोभिड – १९ विरुद्ध साइनोफार्म खोप ल्याउन आज राती बेइजिङ प्रस्थान गर्ने भएको छ । न्यूनतम १० लाख डोज खोप ल्याएर उक्त जहाज भोलि बिहान ६ बजे काठमाडौं आइपुग्ने तालिका छ ।

सो जहाज भोलि राती पुन: न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जाने कार्यक्रम छ । पर्सी बिहान खोप ल्याएर काठमाडौं आइपुग्ने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।