२०८२ असार ३ मङ्गलबार

राशिफल

खुकरी प्रहारबाट एक वृद्धको हत्या

काठमाडौँ – खुकरी प्रहारबाट उदयपुरको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे एक वृद्धको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् भने हत्यामा संलग्न त्रियुगा–१३ का ४५ वर्षीय किसन सदा रहेका छन् ।

प्रहरीका अनुसार सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए। आज बिहानै केही कुरामा चौधरी र सदाबीच विवाद भएपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर चौधरीको टाउकामा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।