काठमाडौं । चीनबाट आज ९बिहीबार० आठ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । हिजो बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाजले आज दिउँसो काठमाडौंमा खोप ल्याउनेछ ।
यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइसकेका छन् ।
यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ । केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया