२०८२ असार ३ मङ्गलबार

राशिफल

खोप लगाउन सुरु गरिएको पहिलो दिनमै सकियो जोन्सन एन्ड जोन्सन खोप

काठमाडौँ – खोप लगाउन सुरु गरिएको पहिलो दिनमै जोन्सन एन्ड जोन्सन खोप सकिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार खोप सकिएपछि बिहीबारदेखि जोन्सनको खोप अभियान पनि रोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पहिलो दिनमा ६० हजारले जोन्सन खोप लगाएको जानकारी दिए ।

भेरोसेल खोप लगाउने कार्य चाहिँ निरन्तर रहने पराजुलीले जनाए । प्रशासनले बुधबारदेखि १८ वर्षभन्दा माथिकालाई जोन्सन खोप दिने निर्णय गरेपछि खोप केन्द्रमा भीड बढेको थियो ।

तर, ललितपुर र भक्तपुरमा भने खोप लगाउने कार्य चाहिँ जारी छ । जोन्सन खोप सकिएपनि चीनबाट भेरोसेल आउने भएपछि भेरोसेल अभियानलाई भने निरन्तरता दिइने भएको छ ।