२०८२ असार २ सोमबार

राशिफल

लामो दूरीको सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयको परिपत्र

काठमाडौँ – लामो दूरीको सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्नका लागि ७७ जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले परिपत्र गरेको छ ।

मन्त्रालयले स्वास्थ्य मादपण्डको पालना गर्दै लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिएको छ ।

विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायका परीक्षा सार्वजनिक भएकाले परीक्षार्थीको आवागमनलाई ध्यानमा राखेर सवारी सञ्चालनका लागि सहजीकरण गरिदिन परिपत्र जारी गरेको मन्त्रालयले बताएको छ ।