२०८२ असार ३ मङ्गलबार

राशिफल

भरुवा बन्दुकसहित एकजना पक्राउ

काठमाडौँ – पोखरा महानगरपालिकाबाट एकथान दुईनाले भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले ग१च ४३७३ नम्बरको कारबाट एकथान दुईनाले भरुवा बन्दुकसहित कार चालक पोखर–१६, दिप बस्ने ५५ वर्षीय भरत गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।