२०८२ जेठ २४ शुक्रबार

राशिफल

बुद्ध घ्लान र मुना वाईवाको “बन्छ तिम्रै नाम”

काठमाडौँ – प्रतिभाशाली नव गायक तथा गायिका द्वय बुद्ध घ्लान र मुना वाईवाले आफ्नो सांगीतिक जिवनकै पहिलो यूगल गीत “ बन्छ तिम्रै नाम” सार्वजनिक गरेर नेपाली सांगीतिक क्षेत्रको यात्राको शुभारम्भ गरेका छन्। गायक/गायिका दुबैले हालसम्म कुनै पनि गीत रेकर्डिङ नगरेको भएता पनि दुबैको आवाज कुनै ब्याबसायिक गायक/गायिका भन्दा कम लाग्दैन।

यस गीतमा प्रसिद्ध गीतकार डि.पी खनालले लेखेका शब्दहरुलाई चर्चित संगीतकार शंकर थापा स्माईलले संगीत भरेका छन् भने बिश्व अधिकारीले संगीत संयोजन गरेका छन्।

पछिल्लो समयमा म्युजिक भिडियो क्षेत्रका बहुचर्चित कलाकार गरिमा शर्मा र कुन्साङ्ग बम्जनको उत्कृष्ट तथा सुन्दर अभिनय रहेको म्युजिक भिडियोमा बुद्ध थापाको छांयाकंन साथै बिकाश धमलाको सम्पादन रहेको छ।नेपाली म्युजिक भिडियो क्षेत्रका अब्बल निर्देशक निकेश खड्काको निर्देशन मा बनेको म्युजिक भिडियोलाई “ डश म्युजिक नेपाल” को यूट्युब च्यानल साथै विभिन्न अडियो प्लेटफर्म मार्फत गीतको अडियो पनि बिश्वब्यापीरुपमा एकैसाथ सार्वजनिक गरिएको छ।
पूरा भिडियो हेर्नुस्