२०८२ जेठ २४ शुक्रबार

राशिफल

यशराज र सरिता फिचर्ड ‘आयो तिम्रो राजा’

काठमाडौँ – नवगायक गणेश थापाको स्वरमा नयाँ गीत ‘आयो तिम्रो राजा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुदन लुइँटेलको शब्द र सुवर्णकुमार श्रेष्ठको संगीत तथा संगीत संयोजन छ ।

बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको भिडियोमा यशराज गरच, सरिता भारती र मञ्जुला गिरी फिचर्ड छन् । सुबास बुढाथोकीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा सुरेशकुमार राउतको सम्पादन, टंक केसीको छायांकन छ ।

भिडियोमा सवनम थापा र नेहा थापाको लगानी छ ।