२०८२ असार ३ मङ्गलबार

राशिफल

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ – वीरगञ्ज महानगरपालिका–२४ रमगढवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान मोहित फुड प्रोडक्ट प्रालि सोयाबिन फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा पंखाको नाङ्गो तारबाट करेन्ट लाग्दा जिराभवानी गाउँपालिका–३ सहजनपुरका ३५ वर्षीय पदमदेव राय चौधरीको मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।