काठमाडौं । कोरोना भाइरस को बढ्दो संक्रमणकैबीच विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आजदेखि औपचारिक रूपमा जापानको राजधानी टोकियोमा सुरु हुँदैछ ।
टोकियो ओलम्पिकका खेलहरू दुई दिन अघिदेखि नै सुरू भए पनि उद्घाटन समारोह आजबाट हुन लागेको हो।
टोकियो ओलम्पिक २०२० को उद्घाटन नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । नेशनल स्टेडियम टोकियोमा हुने उद्घाटन समारोहमा १५ राष्ट्र र संगठन प्रमुख उपस्थित हुने तयारी भइरहेको छ । औपचारिक उद्घाटन आज हुन लागेको टोकियो २०२० को सफ्टबल र फुटबल खेलहरु भने दुई दिन अघिदेखि नै सुरु भइसकेको छ ।
टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुदैछन ।जसमा पौडीका एलेक्स शाह र गौरिका सिंह , एथ्लेटिक्सकी सरस्वती चौधरी, जुडोका सोनिया भट्ट र सुटिङका कल्पना परियार छन् ।
तपाइँको प्रतिक्रीया