२०८२ असार ३ मङ्गलबार

राशिफल

आजदेखि खोप कार्ड प्रमाणीकरण चार अस्पतालबाट।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकाका चार अस्पतालबाट कोरोना खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण सुरु भएको छ।

चार अस्पतालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो।

पहिले टेकु अस्पतालबाट मात्रै खोप कार्ड प्रमाणीकरणको काम हुँदा विदेश जाने तयारीमा रहेका नेपाली नागरिकहरु मध्यरातदेखि अस्पतालको गेटमा खोप कार्ड प्रमाणीकरण गर्न ठेलमठेल गरी लाइनमा बस्नु पर्ने बाध्यता भएको र व्यवस्थापन राम्रो नभएको गुनासो आएको थियोे ।चार वटै अस्पतालबाट निस्शुल्क रुपमा खोप कार्ड प्रमाणीकरणको काम शुरु भइसकेको छ ।