काठमाडौँ – गण्डकी प्रदेशमा प्रदेशमा थप ६ जना मन्त्रीहरुले सपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले मन्त्रीहरुलाई सपथ गराएकी हुन् ।
कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्। यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् ।
तपाइँको प्रतिक्रीया