काठमाडौँ – बुद्ध एयरले पोखरा – नेपालगञ्जको सीधा उडान भर्ने भएको छ ।
शुक्रबार उडान तालिका सार्वजानिक गर्दै बुद्ध एयरलाइन्सले आगामी साउन १७ बाट हप्ताको तीन दिन उडान भर्ने जानकारी दिएको हो ।
शुरूआतमा आइतबार, बुधबार र शुक्रबार उडान संचालन गरिनेछ । त्यसपछि यात्रुको चाप हेरेर उडानको थपघट निर्णय हुने एयरलाइन्सले जनाएको छ । आफ्नो उडान सेवा विस्तार गर्दै प्रदेशस्तरीय बनाइएको कम्पनीको भनाइ छ ।
तपाइँको प्रतिक्रीया