२०८२ जेठ २६ आइतबार

राशिफल

साताको अन्तिम दिन १८. ७५ अंकले बढ्यो नेप्से

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १८. ७५ अंकले बढ्दै ३००४.३२ विन्दुमा रोकिएको छ ।

आज ५ करोड ५९ लाख ६४ करोड ६२ कित्ता सेयर किनबेचमा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रूपैयाँको कारोबार भयो । बैंकिङ, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, तथा म्यूचल फण्ड समूहका उपसूचकहरूमा हरियाली छाएको छ भने अन्य समूहका सबै उपसूचक रातो भएका छन् । आज सबैभन्दा धेरै फाइनान्स समूहका लगानीकर्ताले कमाएका छन् ।

लक्ष्मी उन्नती कोषलगायत अन्य तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्न पुगेको छ । आज कृषि विकास बैंकको ४६ करोड, एनआईसी एसिया बैंकको ३६ करोड, नेपाल बैंक लिमिटेडको ३६ करोड कारोबार भएको छ ।