काठमाडौँ – वाइडबडी जहाजमार्फत मलेसियाबाट एकैदिन २४ शव र तीनवटा अस्तु नेपाल ल्याइएको छ ।
रोजगारीका क्रममा मलेसियामा विभिन्न समयमा मृत्यु भएका २४ नेपालीको शव र परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु नेपाल ल्याइएको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाल ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।
तपाइँको प्रतिक्रीया