२०८२ असार २ सोमबार

राशिफल

‘जनतालाई सरकार भएको अनुभूति गराउन राम्रो काम गर्न चुनौती’

काठमाडौँ – सरकारलाई राम्रो काम गर्न चुनौती रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै लापरबाही नगर्न निर्देशन दिएका हुन् ।

जनतालाई सरकार भएको अनुभूति गराउनका लागि साना – साना भए पनि हरेक दिन राम्रा काम गर्न मन्त्रीहरुलाई अध्यक्ष प्रचण्डले सुझाव दिएका छन् ।

विसं १९८१ कात्तिक १४ गते ललितपुरमा जन्मेका कर्माचार्यको ८९ वर्षको उमेरमा २०७० साउन ९ गते निधन भएको थियो ।