२०८२ असार ३ मङ्गलबार

राशिफल

शनिबार ३११४ जनामा कोरोना संक्रमण, थप १६ जनाको मृत्यु

काठमाडौँ – शनिबार ३११४ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ९१० नमुना (१० हजार ६२५ पीसीआर र ४२८५ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

शनिबार थप १६ जनाको मृत्यु भएको छ । २१९७ जना निको भएका छन् ।

१३ लाख ६६ हजारले आजसम्म पूर्ण डोज खोप लगाएका छन् । ३३ लाख ७७ हजारले पहिलो डोज लगाएका छन् ।