२०८२ असार २ सोमबार

राशिफल

अवैध लागुऔषध र नक्कली सुनसहित ५ जना पक्राउ

काठमाडौँ – अवैध लागुऔषध र नक्कली सुनसहित काठमाडौँबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १६ पकनाजोलस्थित होटलमा लागु औषध कारोबार भैरहेको अवस्थामा पुगेको प्रहरी टोलीले उक्त कारोबारमा संलग्न गोरखा घर भई सोही स्थानमा डेरा गरी बस्ने मन गुरुङको कोठाबाट नक्कली सुन र लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुरुङसहित गोरखा जिल्ला गोरखा नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका २ बस्न २९ वर्षीय मुकुन्द खड्का, गोरखाकै गोरखा नगरपालिका ८ का रेशमबहादुर राना, सुर्खेत गर्भाकोट नगरपालिका स्थायी घर भई काठमाडौँको नागार्जुन नगरपालिका २ बस्ने २८ वर्षीय नन्दलाल मान्त, गोरखा आरुघाट ६ स्थायी घर भई काठमाडौँको टोखा नगरपालिका २ बस्ने ३२ वर्षीय प्रहरी जवान एकराज गुरुङ रहेका छन् ।