२०८२ असार ३ मङ्गलबार

राशिफल

भीरबाट लडेर एकको मृत्यु

काठमाडौँ – भीरबाट लडेर सिलिचोङ गाउँपालिका – १ केवाडाँडाका २१ वर्षीय दिनेश राईको मृत्यु भएको छ ।

स्वास्थ्य चौकीको सामान सार्नेक्रममा टेवल बोकेर आउँदै गर्दा साँघुरो बाटोका कारण बाटोबाट तल सिसुवा खोलाको दहमा खसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

हिजो अपरान्ह भएको घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालयको टोली खटाइएको छ ।