२०८२ जेठ ३१ शुक्रबार

राशिफल

१० दिनदेखि हराइरहेकी युवतीको शव फेला

काठमाडौँ – १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ ।

आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८ स्थित जंगलमा अन्दाजी २० वर्षीया सम्झना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । उनी गत साउन १ गते बेपत्ता भएकी थिइन् ।

आइतबार आफन्तले उनको शव फेला परेको प्रहरीलाई खबर गरेका थिए । अनुसन्धान अधिकृतसहितको प्रहरीको टोली घटनास्थल पुगेपछि मात्रै थप कुरा खुल्ने खड्काले बताए ।