२०८२ असार ४ बुधबार

राशिफल

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ – दाङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका वडा नं. ६ का अन्दाजी ३४ वर्षीय युवराज राना रहेको प्रहरीले जानकारी दिएको छ । रानाको आइतबार बिहान मोटरसाइल दुर्घटनामा मृत्यु भएपनि पहिचान खुल्न सकेको थिएन । दिउँसो मात्रै उनको पहिचान खुलेको दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेका राना सवार लु १५ प ६३२१ नम्बरको मोटरसाइकल बिहान सात बजेतिर लमही नगरपालिका वडा नं ४ अर्नवा भन्ने ठाउँमा दुर्घटनामा परेका थिए । घाइते रानालाई लमही अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए।