२०८२ असार १ आइतबार

राशिफल

आइतबार थप २२३७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

काठमाडौँ – आइतबार थप दुई हजार दुई सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १३ हजार आठ सय ३५ जनामा गरिएको परिक्षणमा २२३७ जनामा पोजेटिभ रिपोर्ट आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपाललमा हालसम्म पोटेटिभ हुनेको संख्या सात लाख ३४ हजार सात सय ९९ जना पुगेको छ । त्यस्तै २४ घण्टामा संक्रमणमुक्तभई दुई हजार ५० जना घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या छ लाख ४३ हजार छ सय १५ पुगेको छ ।

त्यस्तै आज संक्रमणबाट १८ जनाको निधन भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या नौ हजार सात सय १३ पुगेको छ ।