२०८२ असार ४ बुधबार

राशिफल

चोरी गरी ल्याएका सवारि साधन सहित २ जना पक्राउ

काठमाडौँ – चोरी पैठारी गरी ल्याएका सवारि साधन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कञ्चनपुर मैरी फाँटा नगरपालिका – ५ ठेगाना भई काठमाडौँ महानगरपालिका – ४ चण्डोल बस्ने ३२ वर्षीय अर्जुन कठायत र कञ्चनपुर कृष्णपुर नगरपालिका – २ बस्ने ३३ वर्षीय कृष्ण बहादुर रोकाय रहेका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भारतबाट सवारी साधन चोरी गरी ल्याई विक्री भईरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।