२०८२ असार ४ बुधबार

राशिफल

छोराको कुटाइबाट ८५ वर्षीय बाबुको मृत्यु

काठमाडौँ – छोराको कुटाइबाट ८५ वर्षीय बाबुको मृत्यु भएको छ ।

इलाम देउमाई नगरपालिका – २ पुङफुङका टेकबहादुर मुखियाको गत बिहीबार ३४ वर्षीय गिर्जमानले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए ।

कुटपिटबाट घाइते भएका टेकबहादुरलाई उपचार गर्न बिर्तासिटी अस्पताल विर्तामोड लगिएको थियो । तर निको नभएपछि घर लैजाने क्रममा आइतबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलालले जनाएको छ । छोरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।