काठमाडौँ – ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – ८ अशोक चोकमा ३५ वर्षीय चन्दन कुमार मुखिया रहेका छन् । मुखियाले रकम डबल बनाइदिने भन्दै गत चैत २७ गते अशोक चोककै ३१ वर्षीय राजकुमार रायसँग २ लाख २० हजार रुपैयाँ लिएका थिए ।
मुखियाले रायलाई पैसा डबल बनाई दिन्छु भनि २ लाख २० हजार लिएर १ बाल्टिन चोखो पानी ल्याउनु भन्दै २ वटा गोल्डेन कलरको कागज झिकी पोको बनाई २ वटा केमिकल र सिरिन्ज समेत दिएका दिए ।
उनले २४ घण्टामा यो पोकोमा केमिकल सिरिन्जबाट हान्नु पैसा डवल हुन्छ भन्दै २ लाख २० हजार रुपैयाँ ठगी गरी फरार भएका थिए ।
तपाइँको प्रतिक्रीया