२०८२ असार २ सोमबार

राशिफल

बाटो निर्माणको लागि खनेको खाडलमापरि एक जनाको मृत्यु

काठमाडौँ – बाटो निर्माणको लागि खनेको खाडलमा परेर दाङको तुल्सीपुर उपमहानगरपालिका–७ पर्सेनीमा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।