काठमाडौँ – सुर्खेतमा एक होटल सञ्चालनसहित आठ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार साँझ राजधानी वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट जुवा खेलिरहेको अबस्थामा दैलेखको चामुण्डाका बर्ष ३० किरण विष्ट, वीरेन्द्रनगर–६ रातोपुल बस्ने वर्ष २२ का बखत शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका घर भई हाल वीरेन्द्रनगर–४ मा बस्दै आएका लोकबहादुर बुढा, गुराँस गाउँपालिका दैलेख घर भई वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने ३० वर्षीय पदमबहादुर बलामी सोही ठाउँमा बस्ने चिङ्गाड गाउँपालिकाका वर्ष ४० का बलहादुर बा्रहघरेलाई पक्राउ गरेको हो ।
यस्तै गुराँस दैलेखकै वीरेन्द्रनगर ४ बस्ने यामबहादुर रोकाया, अछामको तुर्माखाँद गाउँपालिका घर भई वीरेन्द्रनगर(३ बस्दै आएका ३५ वर्षीय जिवन शाही रहेका छन् । यस्तै होटेल सञ्चालक दैलेखको डुङ्गेश्वर गाउँपालिका ५ घर भई वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान बस्ने वर्ष २६ की शकुन्तला न्यौपानेलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट नगद २ लाख १४ हजार ९७०, विभिन्न बैँकको ११ थान चेक पनि पक्राउ गरिएको ्भने प्रभु बैँकको ४ लाख रकम लेखिएको दस्तखत समेत भएको एक थान चेक, एक गडी तास पनि बरामत गरिएको छ ।
तपाइँको प्रतिक्रीया