२०८२ असार ४ बुधबार

राशिफल

मंगलबार थप ३ हजार ८ सय ९९ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

काठमाडौँ – मंगलबार थप ३ हजार ८ सय ९९ जनामा कोरोना (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ६ लाख ८५ हजार ६ सय ७३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ३६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ७ सय ७८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ४७ हजार ७९ जना रहेको छ । आज २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ जना पुगेको छ ।