२०८२ असार ४ बुधबार

राशिफल

उपत्यकामा आज ७ सय ७४ जनामा कोरोना पुष्टि

काठमाडौँ – काठमाडौं उपत्यकामा आज ७ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जस मध्ये काठमाडौंमा ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ।