काठमाडौँ – सोमबार राती त्रिवेणी गाउँपालिका – ४ छहरेकी २६ वर्षीया मनकला खत्रीको हत्या भएको छ ।
भैँसीलाई घाँस हाल्न गोठतर्फ गएकी मनकलाको अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन् ।
रुकुमपश्चिम प्रहरी प्रमुख ध्रुवकुमार श्रेष्ठका अनुसार घटनास्थलतर्फ टोली पठाएर अनुसन्धान शुरू गरिएको छ । थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर झिकाइएको श्रेष्ठले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया