२०८२ असार ४ बुधबार

राशिफल

आज केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ – बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाबाट जारी बुलेटिन अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यस्तै राति प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।