२०८२ असार ३ मङ्गलबार

राशिफल

एमसिसी शंसोधन नगरी अनुमोदन गर्नु राष्ट्रघाती कदम : उपाध्यक्ष रावल

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शंसोधन नगरी अनुमोदन गर्नु राष्ट्रघाती कदम हुने नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले बताएका छन् ।

बुधबार ट्विटरमार्फत् उनले संशोधन नगरीकन एमसिसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने भएको उल्लेख गर्दै त्यसो नगर्न पार्टी र सरकार दुबैलाई खबरदारी गरे । एमसिसी जस्ताका त्यस्तै अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने रावलको तर्क छ ।

उनले भने , ‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसिसिसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ । देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।’